‘माओवादी’ सुन जस्तै बहुमुल्य पार्टी हो: पूर्व शिक्षामन्त्री शर्मा
पाेखरा | साउन २२, २०७९
पोखरा: पूर्व शिक्षामन्त्री तथा माओवादीका स्थायी कमिटी सदस्य दिननाथ शर्माले माओवादी पार्टीलाई सुनसँग तुलना गर्दै बहुमुल्य पार्टी भएको बताएका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन गण्डकीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व शिक्षा तथा प्रविधिमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् ।
शर्माले सुनमा फोहोर लागेपनि पखालेपछि टल्कने बताउदै माओवादी पार्टीको पनि झन सुनको जस्तै मुल्य बढ्दै जाने बताए । ‘सुनमा जति फोहोर लागेपनि पखालेपछि टल्कन्छ, उनले भने, ‘ फोहोर हटेपछि त होनी सुन टल्किने । त्यसैले हाम्रो पार्टीका नेताहरु पनि जुन पार्टीमा गएपनि हाम्रो पार्टी झन टल्किदै छ ।’
उनले केपी ओली, बाबुराम भटराई, झलनाथ खनालहरुलाई माओवादीले नै प्रधानमन्त्री बनाएको दाबी गर्दै सरकार बनाउने निर्णायक भुमिकामा माओवादी रहँदै आएको उल्लेख गरे ।
माओवादीले मुल मुद्धा बनाएर अगाडी बढाएको जनवादी शिक्षाले पूर्णता नपाएको भन्दै अब यसलाई थप शसक्त ढंगले अगाडी लैजानुपर्ने बताए ।
शर्माले दक्ष र सीप भएका युवाहरुलाई नेपालमा अवसरको सिर्जना गर्न नसक्ने सरकारको कमजोरी रहेको बताउदै विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताए ।

नेपालमा २०२८ सालको शिक्षा नीति व्यवहारिक नभएको बताउदै नेपालको शिक्षा नीति परिमार्जन आवश्यक रहेको औल्याए । माओवादी स्थायी कमिटी सदस्य शर्माले आफु शिक्षा मन्त्री हुँदा शिक्षा ऐन राष्ट्रपति कहाँ बुझाउँदा एमाले कांग्रेसका नेताहरुले शिक्षा ऐन पास गर्न नदिएको समेत आरोप लगाए ।
सरकार शैक्षिक माफियाहरुले चलाएको भन्दै उनले उनीहरुलाई हटाउन प्राध्यापक संघ र सरकारले विशेष योजनामा अगाडी बढ्नुपर्ने बताएका थिए ।
यसैगरि नेकपा माओवादी गण्डकी प्रदेशका अध्यक्ष गायित्री गुुरुङले नेपाललाई साच्चिकै नेपाल बनाउन प्राध्यापक संघको विशेष भुमिका रहेको बताइन् ।
उनले प्राध्यापक र राजनितिकर्मीहरुको सहयोग अपरिहार्य रहेको बताउदै देशको परिवर्तनमा टेवा पुग्ने धारणा राखिन् ।
‘प्राध्यापक भनेको समाजको महत्वपुर्ण अंग हो अरु भन्दा प्राध्यापक भनेपछि समाजले हेर्ने दृष्टिकोण नै फरक छ, उनले भनिन्, ‘त्यसैले समाजलाई कुन दिशामा लैजाने भन्ने महत्वपूर्ण भुमिका प्राध्यापकहरुको हुन्छ ।’
नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रीय सदस्य पूर्ण बहादुुर लामिछानेले विद्यार्थी र शिक्षकहरु एउटै सतहमा रहेमात्र शिक्षामा परिवर्तन हुने बताए । शिक्षकले आफ्नो भुमिका भुल्दै जाँदा शिक्षामा परिवर्तन गर्न नसकेको उनले बताएका थिए ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

